दफा १८
विनिमेयपत्र स्वीकार गर्न सक्ने व्यक्ति
(१)  ड्रयी वा वैकल्पिक ड्रयीले मात्र आफू उत्तरदायी हुने गरी विनिमेयपत्र स्वीकार गर्न सक्नेछ । (२) विनिमेयपत्रमा एकभन्दाबढी ड्रयी भएमा कुनै एक ड्रयीले आफ्नो निमित्त मात्र विनिमेयपत्र स्वीकार गर्न सक्नेछ । तर त्यस्तो ड्रयीहरू साझेदार  भएमा वा अख्तियारी दिएकोमा एकले अर्कोको लागि विनिमेयपत्र स्वीकार गर्न सक्नेछ ।